२०८३ साउन ९ शनिबार

आज पनि थपिए ४६३ जनामा कोरोना भाइरसका संक्रमित, देशभर सक्रमित हुनेको संख्या १२ हजार ७७२ पुग्यो

ई आर्थिक    आइतबार, असार १४ २०७७
4K
Shares
आज पनि थपिए ४६३ जनामा कोरोना भाइरसका संक्रमित, देशभर सक्रमित हुनेको संख्या १२ हजार ७७२ पुग्यो

ई–आर्थिक, काठमाडौं । पछिल्ला २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमित थपिएको छ । आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् रहेका छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका पनि मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१ र आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । त्यस्तै डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट दुई लाख १५ हजार आठ सय ३९ र आरडीटी विधिबाट दुई लाख ९६ हजार सात सय ६६ जनाको नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij