ई–आर्थिक, काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बृद्धि भयो । नेपाली बजारमा सुनको मूल्य बृद्धिसँगै तस्करीमा पनि बृद्धि भएको छ ।
प्राप्त जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पनि २ किलो तस्करीको सुन बरामत भएको भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार आज २ किलो तस्करीको सुन सहित २ जना भारतीयलाई प्रक्राउ गरिएको छ ।
प्रहरीले दुवईबाट आएका भारतीय नागरिकलाई सुन सहित पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
युएईको शारजाहबाट काठमाडौं आएका नविन गोपिचन्द र सुरेशलाल भारतको साथबाट एक÷एक किलो सुन बरामद भएको विमानस्थल प्रहरीको भनाई छ ।
मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ । एक जनाले मलद्वारमा ३ वटा डल्लो अर्थात एक किलो सुन हालेर ल्याएका थिए । उनीहरुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगेर एक्सरे गरेपछि उक्त कुराको खुलासा भएको थियो ।
स्मरणीय त के छ भने आजै नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको व्यवसायीले जानकारी दिएका छन् । अमेरिका र इरानबीच तनाब बढिरहेकाले सुनको मूल्य अझै बढ्न सक्ने एक व्यवसायीले जानकारी दिए ।