२०८३ साउन ९ शनिबार

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

ई आर्थिक    बुधबार, भाद्र १८ २०७६
3.5K
Shares
अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्य बाली नष्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराका बारेमा तत्काल खोज अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद उमाशङ्कर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडौँ खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमीन सुक्खा भएकाले बाँझै रहेकोसमेत बताए ।

नेकपा सांसद खेमप्रसाद लोहनीले आगामी दिनमा बनाउने सडक भू–क्षय वा बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिए । उनले वर्षात्को समय विस्तारै सकिँदै जान लागेको हुँदा बेलैमा सजग अपनाएर सडक बनाउन आग्रह गरे ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा निर्माण गर्दा सरकारले तत्काल अस्थायी व्यवस्था गरेर निर्माण गर्नुपर्नेमा जोड दिए । उनले यही भदौ २७ गते इन्द्रजात्रा मनाउन लागेको र धरहराको बीचमा मृतकको सम्झनामा परिक्रमा गर्ने प्रचलन जानकारी गराए ।

नेकपा सांसद कृष्णप्रसाद दाहालले नेपालमा गाईलाई भीरमा खसाएर मारिएका विषयमा अध्ययन गरी सम्बन्धित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेकपा सांसद कृष्णबहादुर राईले वाग्मती सभ्यता एकीकृत समितिले वाग्मतीलाई सोझ्याउने क्रममा त्यहाँका बासिन्दा घरबारविहीन भएर आन्दोलनमा उत्रिरहेको हुँदा सरकारले त्यस विषयमा सम्बोधन गर्न आग्रह गरे ।

नेकपा सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्ला महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताए ।

नेकपा सांसद घनश्याम खतिवडाले सहकारी क्षेत्रमा सुशासन कमजोर हुदै गएको हुँदा वित्तीय अनुशासन पनि कमजोर हुँदै गएकाले सहकारी संस्थालाई सुशासनमा ल्याउन र गरिबी न्यूनीकरणका लागि विशेष पहल गर्न आग्रह गरे ।

नेकपा सांसद जुलीकुमारी महतोले तराई–मधेशमा जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकताबाट वञ्चित भएको हुँदा हजारौ नेपाली नागरिकताविहीन भएको हुँदा समाधानको उपाय खोज्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij