२०८३ साउन ९ शनिबार

स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको खर्चको सीमा निर्धारण, कसले कति खर्च गर्न पाउने ?

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०८१
7.1K
Shares
स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको खर्चको सीमा निर्धारण, कसले कति खर्च गर्न पाउने ?

ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगले  स्थानीय तह उपनिर्वाचन, २०८१ मा उम्मेद्‍वारको लागि खर्चको सीमा  निर्धारण गरिएको गरेको छ ।   २०८१ मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले कात्तिक ७  गते खर्चको सीमा निर्धारण गरेको हो ।

स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा  स्थानीय तह निर्वाचन नियमावली, खण्ड २०७३  को नियम ४०  बमोजिम उम्मेद्‍वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्‍वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पांच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन्  प्रवक्ता सापकोट बताउछन् ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको सीमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij