२०८३ साउन ९ शनिबार

मन्त्रिपरिषद् बैठकले ग¥यो १४ निर्णय (सूचीसहित)

ई आर्थिक    शनिबार, भाद्र १ २०८१
8.1K
Shares
मन्त्रिपरिषद् बैठकले ग¥यो १४ निर्णय (सूचीसहित)

ई–आर्थिक, काठमाडौं । मन्त्रिपरिषद् बैठकले १४ निर्णय गरेको छ । मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने लगायतका निर्णयहरु गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरूलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्री गुरुङले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाँले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय भएको बताउनुभयो । यससँगै मन्त्रिपरिषद् बैठकले अन्य १४ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij