ई-आर्थिक, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।
बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले मंगलबार उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्री बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व सम्हालेका हुन्। यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी उनलाई हटाएपछि बानियाँ संसदीय दलको नेता चयन भएका थिए।
बानियाँ नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) दुबैले मन्त्री पठाएका छन्। एमालेबाट ६ र कांग्रेसबाट ३ जना मन्त्री नियुक्त भएका छन्।
एमालेबाट सहभागी मन्त्रीहरू:
किरण थापा – स्वास्थ्य मन्त्री (पुनः नियुक्त)
मधुशोधन पौडेल – कृषि मन्त्री
भरत केशी – वन मन्त्री
जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री
बिन्दु श्रेष्ठ – उद्योग मन्त्री
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार मन्त्री
एमालेले आफ्ना मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै सरकारलाई पूर्ण समर्थन जनाएको छ।
कांग्रेसबाट सहभागी मन्त्रीहरु
इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री
कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री
शिवराज अधिकारी – जिम्मेवारी पछि तोकिने
कांग्रेसबाट थप मन्त्रीहरूको नाम अहिलेसम्म टुंगो लाग्न बाँकी छ।