२०८३ साउन ९ शनिबार

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

ई आर्थिक    बुधबार, साउन १४ २०८२
6.6K
Shares
बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

ई-आर्थिक, मकवानपुर  । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

बुधबार सम्पन्न गोप्य मतदानमा उनले आफ्ना प्रतिस्पर्धी, निवर्तमान नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामालाई आठ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत हरिशरण श्रेष्ठका अनुसार कुल ३७ मत खसेकोमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मत पाए। एक मत बदर भएको थियो। मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म सम्पन्न भएको थियो।

मंगलबार मात्र लामाविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ संसदीय दलको नेताको चयनका लागि निर्वाचन गरिएको हो।

११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्।

मुख्यमन्त्री बहादुर सिंह लामा अल्पमतमा, संसदीय दलको नेताबाट पदमुक्त

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij