मुख्यमन्त्री बहादुर सिंह लामा अल्पमतमा, संसदीय दलको नेताबाट पदमुक्त

ई-आर्थिक, मकवानपुर ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ विश्वासको मत गुमाएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन्। आज बसेको दलको बैठकमा भएको मत विभाजनमा उनले आवश्यक समर्थन जुटाउन नसक्दा पद गुमाएका हुन्।
३७ सदस्यीय संसदीय दलमा गरिएको मत विभाजनमा लामा पक्षमा १५ मत मात्र परेको थियो भने २२ जना सांसदले उनको विपक्षमा मतदान गरेका थिए। यससँगै उनी दलको नेताबाट हटेका छन्।
नयाँ संसदीय दलको नेता चयनका लागि बुधवार मतदान हुने तय गरिएको छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि …