२०८३ साउन ९ शनिबार

कमलपोखरी सान्दार मम पसल ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

ई आर्थिक    मंगलबार, माघ २९ २०८१
3.5K
Shares
कमलपोखरी सान्दार मम पसल ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं । गत बिहीबार कमलपोखरीस्थित एक सान्दार म:म खाजाघरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको होे । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सात जनाको आइसियुमा उपचार गरिदै

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij