ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सात जनाको आइसियुमा उपचार गरिदै

ई-आर्थिक, काठमाडौं । कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएकाहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट भएको थियो ।   शक्तिशाली विष्फोट हुँदा ११ जना घाइते भएका  थिए ।
घाइते ११ जनामध्ये सात जनालाई अस्पताल पुर्‍याउन साथ आइसियुमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा.निजीना ताम्रकारले जानकारी दिइन् ।
अस्पताल प्रशासनका अनुसार  चार जनाको   वार्डमा उपचार भैरहेको छ भने  सात जनाको आइसियुमा र चार जनाको वार्डमा उपचार भइरहेको छ ।
डा. ताम्रकारका अनुसार घाइतेहरुको शरीर   ४०/५० प्रतिशत …