ई-आर्थिक, काठमाडौं । कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएकाहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट भएको थियो । शक्तिशाली विष्फोट हुँदा ११ जना घाइते भएका थिए ।
घाइते ११ जनामध्ये सात जनालाई अस्पताल पुर्याउन साथ आइसियुमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा.निजीना ताम्रकारले जानकारी दिइन् ।
अस्पताल प्रशासनका अनुसार चार जनाको वार्डमा उपचार भैरहेको छ भने सात जनाको आइसियुमा र चार जनाको वार्डमा उपचार भइरहेको छ ।
डा. ताम्रकारका अनुसार घाइतेहरुको शरीर ४०/५० प्रतिशत भाग जलेको हुँदा घाइतेहरुको अवस्था जटिल छ ।
मःम सेन्टरको भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट भएर उक्त घटना घटेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । प्रहरीले ग्याँस सिलिन्डर पड्किएको के कारण भन्ने अनुसन्धान सुरु गरिएको छ ।