ई–आर्थिक, रसुवा : रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आज सोमबारदेखि सञ्चालनमा आउदैछ ।
सो राजमार्ग केही समय अघि आएको अविरल वर्षाका कारण बन्द भएको थियो । अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याइएको छ ।
सिमाक्षेत्रका समकक्षीले आजदेखि सो राजमार्ग सञ्चालन गर्ने टेलिफोनमार्फत जानकारी दिएको थियो ।
राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालले सहजीकरण गरेका थिए । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा बाटो अवरूद्व भएको थियो ।
सडक अवरूद्ध हुँदा चिनियाँ मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका थिए ।