२०८३ साउन ९ शनिबार

आर्टिफिसियल इन्टेलिजेन्स सम्मलेन सुरु, एआईको विकास र उपयोगबारे जानकारी दिने उद्देश्य

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
6.3K
Shares
आर्टिफिसियल इन्टेलिजेन्स सम्मलेन सुरु, एआईको विकास र उपयोगबारे जानकारी दिने उद्देश्य

उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘मेरो फोटो दुरुपयोग गरेर बनाइएका थुप्रै गीत र नाँच बनाइएको छ, त्यसो गर्नु गलत’

ई–आर्थिक, काठमाडौं । नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन सुरू भएको छ । यस्तो सम्मेलन नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालले आयोजना गरिएको हो ।
उक्त सम्मेलनको प्रधानमन्त्री के.पी. ओलीले गरेका थिए ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराए । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्नेमा उनको जोड छ । ‘एआईले धेरै ठूलो सहयोग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन ।’ प्रधानमन्त्री ओलीले भने– ‘हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ ।’

‘आयोजक संस्था राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने उनको विश्वास छ । उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ ।

यस्तो छ सम्मेलनको उद्देश्य

–राष्ट्रिय एआई रणनीति विकासः नेपालका सामाजिक–आर्थिक र प्राविधिक लक्ष्यहरूसँग मेल खाने समग्र राष्ट्रिय एआई नीतिगत ढाँचा तयार गर्ने, जसले एआई नवप्रवर्तन र अपनाउने प्रक्रियालाई प्रवर्द्धन गर्छ।

–नैतिक एआई प्रयोगको प्रवर्द्धनस् एआई प्रणालीहरूमा डाटा गोपनीयता, पक्षपात, र पारदर्शितासँग सम्बन्धित चिन्ताहरू सम्बोधन गर्दै जिम्मेवार र नैतिक एआई प्रयोगका लागि मार्ग निर्देशन स्थापित गर्ने।

–सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धनः एआई अनुसन्धान, विकास, र उद्योग अनुप्रयोगहरूलाई तीव्र बनाउन सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, र नागरिक समाजबीचको सहकार्यलाई प्रोत्साहित गर्ने।

–एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउनेः एआई सम्बन्धित शिक्षा, सीप विकास, र क्षमता अभिवृद्धि पहलहरूलाई प्राथमिकता दिने, जसले एआई प्रविधिसँग संलग्न हुन तयार कार्यबल सुनिश्चित गर्छ।

–समावेशी एआई नीति सुनिश्चित गर्नेः सबै समुदायले एआई को फाइदा समान रूपमा प्राप्त गर्न सकुन् भन्ने नीतिहरूको पक्षमा वकालत गर्ने, विशेष गरी सीमान्तकृत समुदायहरूको लागि विशेष ध्यान राख्दै, र विपद् व्यवस्थापन तथा शिक्षा जस्ता राष्ट्रिय चुनौतीहरूको समाधानमा एआई प्रवर्द्धन गर्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij