२०८३ साउन ९ शनिबार

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्नु हो: अर्थमन्त्री महत

ई आर्थिक    मंगलबार, फाल्गुन ८ २०८०
1.8K
Shares
अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्नु हो: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्नु भएको बताएका छन् । उनले
सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने बताएका छन ।

आज (मंगलबार) ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन । ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टिच्युसन’ गठन प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन ।

उनले सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले भने, ‘सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो।

यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौती पूर्ण भएको छ, ‘सहकारी क्षेत्रको नियामक निकाय गठन प्रक्रिया अघि बढाइएको छ ।

यस निकायले कार्यप्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ।’ प्रतिवेदनमार्फत महतले देशको अर्थतन्त्र ‘समस्या मुक्त भइनसकेको’ बताएका छन । आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उनको स्वीकारोक्ति छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij