ई–आर्थिक, काठमाडौं । निर्वाचनका लागि रोकिएका सबै प्रकारका सवारी साधन साँझ ७ बजेदेखि चलाउन थालिएको छ । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सबै प्रकारका सवारी साधन चलाउन अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
परिसरकाअनुसार ५ बजे नै मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले सवारी ७ बजेअघि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक लगाइएको थियो ।
मतदान सकिए लगत्तै सवारी साधन चलाउन पाइने भन्दै सर्वसाधारणहरू सडकमा निस्किनेपछि ट्राफिक वस्थापनमा कठिनाइ भएको थियो ।