२०८३ साउन ९ शनिबार

आयल निगमलाई अझै मासिक ६२ करोड ५८ लाख नोक्सानी, तत्काल मूल्य नघट्ने आयल निगमको स्पष्टोक्ती

ई आर्थिक    मंगलबार, साउन ३१ २०७९
3.7K
Shares
आयल निगमलाई अझै मासिक ६२ करोड ५८ लाख नोक्सानी, तत्काल मूल्य नघट्ने आयल निगमको स्पष्टोक्ती

ई–आर्थिक, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा नघट्ने भएको छ । समग्रमा निगम अझै घाटामा रहेकाले हाललाई घटाउन नसक्ने आयल निगमले बताएको छ । आयल निगमले समग्रतामा अझै पनि निगमलाई मासिक ६२ करोड ५८ लाख नोक्सानी रहेकाले मूल्य घटाउन नसकिएको जनाएको विज्ञप्तिमा उल्लेख छ ।

निगमले हाल पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफा रहे पनि डिजलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले भारतीय आयल कर्पोरेसनलाई हाल २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेकाले पनि मूल्य घटाउन नसकिएको बताए ।

भारतबाट मंगलबार मात्रै निगमलाई प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।

त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij