२०८३ साउन ९ शनिबार

‘मिटरब्याजी’लाई तह लगाउदै सरकार, डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

ई आर्थिक    शुक्रबार, साउन २७ २०७९
6.6K
Shares
‘मिटरब्याजी’लाई तह लगाउदै सरकार, डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

ई–आर्थिक, काठमाडौं । गृह मन्त्रालयले ‘मिटरब्याज’ कारोबारमा संलग्नलाई कडाई गर्दै कारबाही गर्ने भएको छ । मन्त्रालयले यस सम्बन्धी अपराध नियन्त्रणका लागि सह–सचिव डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई कार्यदलको सदस्य सचिव जिम्मेवारी तोकिएको छ ।

उपत्यकालगायत बाहिरका जिल्लाहरुमा मिटरब्याज सम्बन्धी अपराध बढ्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित सुरक्षा निकायका सबै प्रमुखहरुलाई शुक्रबार बिहान बोलाएर अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । कार्यदलले एक महिनाभित्र अपराधग्रस्त जिल्लाहरुको स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij