२०८३ साउन ९ शनिबार

धरहराको निर्माण प्रति मन्त्री चौधरीको असन्तुष्टि, झपार्दै मन्त्री चौधरीले भने- ‘अझै ढिला गरे पेनाल्टी समेत तिर्नुपर्छ’

ई आर्थिक    सोमबार, साउन ९ २०७९
3.4K
Shares
धरहराको निर्माण प्रति मन्त्री चौधरीको असन्तुष्टि, झपार्दै मन्त्री चौधरीले भने- ‘अझै ढिला गरे पेनाल्टी समेत तिर्नुपर्छ’

ई–आर्थिक, काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले धरहरा बनाइरहेका कम्पनीसँग असन्तुष्टि देखिएका छन् । समयमा काम सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्री चौधरीले झपारेका छन् । अनुगमन तथा निरीक्षणका लागि सोमबार सुन्धारा पुगेका मन्त्री चौधरीले आफ्नो इज्जतको ख्याल गर्न आग्रह गरेका थिए ।

आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि उनले भने, ‘चारपटक म्याद थप भइसकेछ। अब कति पटक थप्नुपर्ने ? पैसामात्रै कमाउन खोजेजस्तो नगर्नुस् । आफ्नो इज्जतको पनि ख्याल गर्नुस् ।’

उनले निर्माण पूरा नहुँदै उद्घाटन गर्न दिएको भन्दै आपत्तिसमेत जनाए । ‘आधामात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउनुभयो ? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईँहरुको होइन र ?,’ उनले सचिवलाई इंगित गर्दै भने ।

मन्त्रीको जवाफपछि सचिव डा. रेमशप्रसाद सिंहले समयसीमामै काम सकाउन आग्रह गरेका थिए । ‘यसपटक समयमै काम सकाउनुस्। नत्र पेनाल्टीसमेत हुनसक्छ,’ उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने ।

कूल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैयाँ ४६ पैसा (भ्याटसहित)को लागतमा दुई वर्षमा सक्नेगरी सम्झौता भएको थियो । चार पटक म्याद थप भइसकेको यस परियोजनाको अन्तिम मिति ०७९ असोज मसान्त रहेको छ ।

हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तियतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको छ । धरहराको निर्माण जीआइइटीसी–रमन जेभीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij