२०८३ साउन ९ शनिबार

भारतमा अहिलेपनि झण्डै साढे ४ करोड कोरोनाका संक्रमित, पछिल्लो २४ घण्टामा थपिए १२ हजार बढी संक्रमित

ई आर्थिक    बिहिबार, असार ९ २०७९
3.6K
Shares
भारतमा अहिलेपनि झण्डै साढे ४ करोड कोरोनाका संक्रमित, पछिल्लो २४ घण्टामा थपिए १२ हजार बढी संक्रमित

ई–आर्थिक, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा थपिएका १२ हजार २४९ सहित उक्त कोरोना संक्रमितको यो संख्या पुगेको हो ।

त्यस्तै देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार भारतमा बुधबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ ।

कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय कोरोना संक्रमणमुक्त दर ९८ दशमलब ६० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij