२०८३ साउन ९ शनिबार

तारा एयर जहाज टुक्राटुक्रा अवस्थामा भेटियो, सबै यात्रुहरूको मृत्यु

ई आर्थिक    सोमबार, जेष्ठ १६ २०७९
3.2K
Shares
तारा एयर जहाज टुक्राटुक्रा अवस्थामा भेटियो, सबै यात्रुहरूको मृत्यु

ई–आर्थिक, काठमाडौं । दुर्घटनामा परेको तारा एयरको एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ । दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो ।

अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिएराती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए । उनका अनुसार जहाजमा आगो लागेको छैन । तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ ।

जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन् । सिंहका अनुसार शवहरु सकुशल छन तर कोहिपनि जिवित भेटिने सम्भावना छैन । आगो नलागेकाले होला शवहरु सकुशल छन, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भने । उनले अहिलेसम्म आफूहरुले १२ वटा जति शव संकलन गरिसकेको जानकारी दिए ।

बाँकी शवहरु नजिकैको खोंचमा रहेकाले संकलनमा समस्या परेको उनको भनाई छ । सिंहका अनुसार उद्धारका लागि अहिलेसम्म सुरक्षा निकायका कोहिपनि पुगेका छैनन । भेंडी गोठालाले भनेको कुरा नपत्याई बसेका कारण सेना नपुगेको उनको भनाई छ ।

यसैबीच जहाज दुर्घटना भएको स्थलमा सुरक्षाकर्मी पुगेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij