ई–आर्थिक, काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तरबिरोधको ब्यबस्थापन गर्न नसक्दा नेकपा एमाले बिभाजित बनेको छ । बरिष्ठ नेता माधब नेपालसहितको समूहले एमाले परित्याग गरेर नयाँ पार्टी गठन गरिसकेका छन् ।
अध्यक्ष ओली र बरिष्ठ नेता नेपालको दुई समूहबिचमा भएको अन्तरबिरोधले पार्टी बिभाजन भएर नेता नेपालको समूह बाहिरिएपछि एमालेको समस्या समाधान हुनुपर्ने हो । तर पार्टी फुट्दा र माधब नेपालले अर्कै पार्टी बनाउनँदा पनि एमालेभित्रको अन्तरबिरोध जहाँको त्यही छ । यसले आगामी दिन पनि एमालेका लागि गम्भीर चुनौति देखिन्छ । ‘अध्यक्ष ओलीले हिजोको जस्तो अहंकार र ब्यक्तिबादी प्रबृत्तिलाई सुधार गरेनन् भने एमाले फेरि बिभाजित हुन्छ ।’ राजनीतिकशास्त्री प्रा. कृष्ण पोखरेल भन्छन् ‘एमालेको समस्या जहाँको त्यही छ ।’
एमालेभित्रको अन्तरबिरोधमा एउटा धारको नेत्तृत्व गर्ने माधब नेपाल बहिर्गमन भए पनि त्यसका खेलाडी एमालेमै रहेकाले उक्त पार्टीको आगामी दिन सुखद नभएको प्रा. पोखरेलको बिश्लेषण छ । ‘पार्टीलाई बिधि, पद्धतिले सन्चालन गर्नुपर्छ, ब्यक्ति(अध्यक्षं) पार्टी र केन्द्रीय कमिटि अधिनस्त हुनुपर्छ । सामुहिक नेत्तृत्व प्रणाली अपनाउनुपर्छ । पार्टीलाई बिचारको जगमा हिडाउनुपर्छ भन्ने भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डहरु नै हुन । यि सबै एमालेमै छन् ।’ प्रा. पोखरेल भन्छन् ‘यही बिचारको नेत्तृत्व मात्र माधबजी गर्नुहुन्थ्यो । अब कसैको अगुवाईमा फेरि यो अन्तरबिरोध उठिहाल्छ ।’
राजनीतिक बिश्लेषक श्याम श्रेष्ठ पनि प्रा. पोखरेलको बिचारमा सहमत छन् । ‘ओलीको एकाधिकारबाद, गैरराजनीतिक, सैद्धान्तिक बिचिलन र गैरबैधानिक कार्यकाबिरुद्ध एजेण्डा बनाएर प्रखर आवाज उठाउनेहरु त एमालेमै छन् । माधब नेपाल हुनु र नहुनुमा उनीहरुलाई सरोकार देखिदैन ।’ बिश्लेषक श्रेष्ठ भन्छन् ‘त्यसैले एमालेभित्रको अन्तरबिरोधले कुनै निकास पाएको छैन ।’ यसमा अध्यक्ष ओली ‘ब्याक’ फर्कने हो भने चाहि केही समय अन्तरबिरोधले निकास पाउने उनको भनाई छ ।
राजनीतिक बिश्लेषक हरि रोका भीम रावल,घनश्याम भुसाल र सुरेन्द्र पाण्डेहरु एमालेमै रहनु भनेकै त्यस पार्टीको अन्तरबिरोधको किनारा लागेको छैन भन्ने देखिएको बताउँछन् । ‘पार्टीमा एकलौटी गर्न पाइदैन, अबसरको समान बितरण हुनुपर्छ । जिम्मेवारी बाँडफाँडमा बिभेद हुनुहुदैन । बिधानका आधारमा पार्टी सन्चालन गर्नुपर्छ ।
पार्टीलाई घोषित लक्ष्य र उद्धेश्यबाट तलबितल गर्न पाइदैन भन्ने त्यो समूह बिभाजनतिर नलाग्दैमा आफ्ना मूल्य, मान्यताबाट च्युत हुन्छ भन्न सकिदैन ।’ रोका भन्छन् ‘यि कुरा ओलीले मान्नेवाला पनि छैनन् । मानेमा ओली उक्त समूहसँग पराजित भएको सन्देश जानेछ । त्यसैले एमालेको अन्तरबिरोध जहाँको त्यही छ ।’
बिश्लेषक रोकाका अनुसार भीम रावल र सुरेन्द्रहरुले भोली जनताका बिचमा जाँदा संसद बिघटन गलत थियो भन्नुपर्ने र त्यसो नभनेमा जनताले लखेट्ने छन् । ‘उता ओली भने त्यो सही थियो भनेर जानुपर्छ ।
सर्बोच्चमा हस्ताक्षर पनि तेस्रो धारले संबिधान, लोकतन्त्र र संसद बचाउन गरेको भन्नुपर्छ । उता ओली र उनीनिकटले त्यसलाई अध्यक्ष र पार्टीबिरुद्धको गद्धारी भन्नुपर्छ ।’ रोका भन्छन् ‘यसले त एमालेमा थप समस्या आउने देखिन्छ । बरु भीम रावल र सुरेन्द्रहरु एमालेमा नभएको भए, त्यो पार्टी आफ्नो गतिमा चल्न सजिलो हुनेथियो ।’
प्रा. पोखरेल, बिश्लेषक रोका र श्रेष्ठले भनेजस्तै हिजो माधब समूहमा रहेका तर आज माधब नेपालको नयाँ पार्टीमा नगएर एमालेमै रहेका प्रभाबशाली नेताहरु आफ्नो एजेण्डामा टसको मस नगर्ने संकेत गरिसकेका छन् । त्यो भनेको एमालेलाई बिधान र संस्थागतढंगले सन्चालन गर्नुपर्छ भन्ने हो । तर ओली भने एक ब्यक्ति ‘शो’ भएर पार्टी सन्चालन गर्नुपर्ने लाइनमा छन् । आगामी २७ र २८ गते तय गरिएको बिधान अधिबेशनका लागि तयार गरिएको बिधानको मस्यौदाले त अध्यक्षलाई अधिनायकबादी बनाएको छ ।
अध्यक्षलाई खुसी पार्न सक्ने, उसको आज्ञाकारी र उमाथि प्रश्न गर्न नगर्ने ‘इमानदारी’ मात्र पार्टीको पदाधिकारी हुने बिधान मस्यौदाको ब्यबस्थालाई ओलीले केन्द्रीय कमिटिबाट पारित गराईसकेका छन् । यो बिधानको मस्यौदा ओलीले पुनः आफै अध्यक्ष बन्ने किटानीका साथ ल्याएको उनीनिकट नेताहरुले नै बताइसकेका छन् ।
उक्त बिधानभन्दा मौजुदा बिधान कैयौ गुणा लोकतान्त्रिक चरित्रको हुदासमेत अध्यक्ष ओलीको प्रबृत्ति, ब्यबहार र आचरणलाई लिएर प्रश्न गर्ने नेताहरुले आगामी दिन चुप लाग्छन् भन्ने आधार छैन । अहिलेबाटै ओलीलाई ‘साइज’ मा ल्याउने गरी भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टहरुले तयारी अघि बढाइसकेका छन् । उनीहरुले पार्टी बिभाजनको पक्षमा नलागे पनि ओलीसँग आफ्ना अन्तरबिरोध कायमै रहेको प्रष्ट पारिसकेका छन् ।
तेस्रो धारका रुपमा परिचित उनीहरुले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक पनि गरेका छन् । जसमा मुख्य गरेर हिजो कार्यदलले सहमति गरेको १० बुदेका आधारमा पार्टीलाई अघि बढाउनुपर्ने छ । यो सहमतिको प्रस्थानबिन्दु भनेको पार्टीको सम्पूर्ण सांगठनिक संरचनालाई ०७५ साल जेठ २ मा फर्काउनु हो । यसो गर्दा यो समूह एमालेभित्र सबभन्दा बलशाली हुनेछ । किनभने जेठ २ मा जानेबित्तिकै बहुसंख्यक जिल्ला यो समूहको कब्जामा पर्छन ।
यति मात्र होइन, प्रदेश ईन्चार्ज पनि यही समूहको होल्ड हुनेछ, जसले भूगोलमा आफ्नो पकड कायम राखिरहन सकिनेछ । तर ओलीले पनि यसलाई नबुझेका छैनन् । तेस्रो धारले भने झै सांगठनिक संरचनालाई पुनर्बहाली गर्ने हो भने ओलीको पार्टीभित्र पकड गुम्न गई आगामी महाधिबेशनमा प्रतिनिधि छनोटमा प्रभाब पर्न गई नेत्तृत्व नै गुम्न सक्ने संभाबना छ ।
यसो भएमा ओलीले उत्तराधिकारी पनि आफ्नो गुटबाट बनानउन नसक्ने अबस्था आउँछ । त्यसैले उनी बाहिर जेठ २ मा फर्कने कुरा गरे पनि ब्यबहार त त्यसो गर्दैनन् । जसका कारण पुनः एमालेमा अन्तरबिरोध चर्को बन्न गई फेरि बिभाजनतिर उन्मुख हुन सक्ने देखिन्छ ।