२०८३ साउन ९ शनिबार

नेपालमा थपिए २७१४ कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु

ई आर्थिक    बिहिबार, साउन ७ २०७८
2.8K
Shares
नेपालमा थपिए २७१४ कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं । नेपालमा थपिए २७१४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २७१४ जना संक्रमित थपिदा २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अनुसार ९ हजार १२२ पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ८५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।
हालसम्म कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा १ हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी हाल देशभर २७ हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७५१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij