२०८३ साउन ९ शनिबार

दुई करोड जनताले सेयर गरे ओलीको नक्कली राष्ट्रबाद उदांगिएको भिडियो (भिडियोसहित)

ई आर्थिक    मंगलबार, जेष्ठ ११ २०७८
43.7K
Shares
दुई करोड जनताले सेयर गरे ओलीको नक्कली राष्ट्रबाद उदांगिएको भिडियो (भिडियोसहित)

ई–आर्थिक, काठमाडौं । सत्ता रक्षाको लागि राष्ट्रिय सुरक्षामै गम्भीर आँच आउने नागरिकता बिधेयक पारित गरेपछि यतिबेला नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबादको मुखुण्डो दुनियाँसामु उदांगो बनेको छ । २० लाख भारतीय अप्राबासी नागरिकलाई नेपाली नागरिकता दिनुको साथै उनीहरुलाई नेपालमा पूर्ण राजनीतिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले अध्यादेशमार्फत ल्याइएको यो बिधेयकबाट ओलीले सत्ता र नागरिकताको लेनदेन गरेको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीको एकल जोडबलमा ल्याइएको यो बिधेयकले नेपाललाई फिजीकरण गर्ने भारतको करिब ५० बर्षदेखिको सपना पुरा हुने भएको छ । यो बिधेयकको ब्यबस्थाले मधेशमा करिब २० लाख भारतीय आप्रबासीले नागरिकता प्राप्त गर्दा उनीहरुको जनसंख्या नेपालको संसद कब्जा गर्न सक्ने अबस्थामा पुग्ने छ । फिजीमा यसैगरी भारतीय आप्रबासीले शासन कब्जा गरेका थिए । सन १९९७ मा भएको फिजीको निर्बाचनमा कुल ७१ सिटमध्ये ३७ सिट भारतीय आप्रबासी प्रतिनिधिले बिजय हासिल गरेपछि भारतीय मूलका महेन्द्र चौधरी प्रधानमन्त्री बन्न सफल भएका थिए ।

थोरै जनसंख्या भएको र हजारौं किलोमिटर खुला सीमाना भएका कारण भारतले नेपालमा पनि यही नीति कार्यान्वयनमा जोड दिइरहेको थियो । यसअघि हजारौं प्रयत्न गर्दासमेत कुनै प्रधानमन्त्रीले यसमा सहमति गरेका थिएनन् । पार्टीभित्रको अन्तरबिरोधका कारण संकटमा परेका ओलीले भने भारतीय यो नीतिलाई सत्ता रक्षाकै लागि स्वीकार गरेको देखिएको छ । गएको कार्तिक ५ गते भारतीय अन्तर्राष्ट्रिय गुप्तचर निकाय ‘र’ का प्रमुख सामन्त गोयलसँगको लामो गोप्य भेटपछि प्रधानमन्त्रीले यसमा सहमति गरेको जानकार बताउँछन् ।

पहिलो पटक प्रधानमन्त्री कालमा ओलीले राष्ट्रबादी नेताको छबी बनाएका थिए । त्यसबेला भारतीय नाकाबन्दीको सामना गरेर मात्र होइन, नागरिकता बिधेयक र संबिधान संशोधनमा पनि बलियो अडान राखेर उनी खास राष्ट्रबादी नेताको रुपमा उदय भएका थिए । तर त्यतिबेला नै जानकारहरुले उनको उक्त अडानलाई संशयपूर्ण ढंगले हेरेका थिए । महाकाली सन्धी पारित गराउने मूल भूमिका निर्बाह गरेका र त्यही कारण नेपालको राजनीतिमा उदय भएका ओली रातारात राष्ट्रबादी कसरी हुन सक्छन् भनेर धेरैले आशंकाले हेरेका थिए । धेरै अघि नै होइन, ०७३ सालमा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियानका क्रममा रुपन्देहीको भैरहवामा फागुन २९ गते विशाल आमसभा भयो ।

ओलीको भाषणबाट तालीको पर्रा छुट्यो । ओलीले थपे, ‘वैवाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन । हामी आउने बित्तिकै दिन्छौं । मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको रडाको के मा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ वर्ष किन पर्खिने बिहे गरेको भोलिपल्ट मन्त्री हुन पाउनुपर्छ ।’

‘संविधानको रक्षार्थ’ निम्ति ‘राष्ट्रवादी सभा’ भनिएको उक्त सभामा तत्कालीन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री ओलीले भयंकर राष्ट्रबादी भाषण गरे । त्यतिबेला मधेसी दलहरुले संविधान संशोधन र नागरिकता विधेयक संशोधनको माग राखेर आन्दोलित थिए । संबिधान संशोधन र नागरिकता बिधेयक कुनै हालतमा पास हुन नदिने अडानमा उनको पार्टी एमाले र ओली उभिएका थिए । त्यही कारण मधेशी दलहरुले एमाले र ओलीलाई मधेशको ठूलो शत्रुको घोषणा गरे । कति मधेशी मुलका एमालेका नेता, कार्यकर्ताहरुले पार्टी नै परित्याग गरे । तर एमाले र अध्यक्ष ओली टसको मस भएनन् । बरु आफ्नो अडान झन बलियो बनाउदै लगे । यही कारण उक्त अभियानको क्रममा सप्तरीमा झडप हुदा अनाहकमा ५ जनाले ज्यान गुमाउनुप¥यो ।

ओलीले भैरहवाको आमसभामा भनेका थिए, ‘नेकपा एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैन । संविधान संशोधनको यो प्रस्तावले पहाड–तराइलाई अलग गराउँछ । यसले नेपालको भौगोलिक अखण्डता कमजोर बनाउँछ । यसैले यो कुनै पनि हालतमा सफल हुन दिदैंनौं ।’ उनले भन्दै गए ‘नागरिकताको सवाल, नागरिकता नेपालीले पाउनुपर्छ । उहिले–उहिले रानीको जन्म दिनमा केटाकेटीलाई चकलेट बाँडिन्थ्यो, नागरिकता चकलेट होइन बोर्डरमा बसेर आउने जतिलाई दिदैं जाने ।’

ओलीको भाषणबाट तालीको पर्रा छुट्यो । ओलीले थपे, ‘वैवाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन । हामी आउने बित्तिकै दिन्छौं । मन्त्री हुन पाँच वर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको रडाको के मा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ वर्ष किन पर्खिने बिहे गरेको भोलिपल्ट मन्त्री हुन पाउनुपर्छ ।’

ओलीले ‘नेपालमा जस्तो नागरिकता प्राप्ति सहज ढंगले वितरण गरेको अन्य देशमा नभएको’ धारणा राखेका थिए । उनले भने, ‘तर नेपालमा चाहिँ हामीले आइपुग्ने बित्तिकै आउनेलाई नागरिकता त दिएका छौँ, तर आउँदा बित्तिकै सांसद, मन्त्री बनाउन सक्दैनौं ।’

नागरिकता जथाभावी बाड्दा सिद्धार्थनगर, भैरहवाजस्ता सीमावर्ती गाउँ सहरमा भोली नेता पनि सीमापारीकै र मतादाता पनि उतैको हुने भन्दै उनले भनेका थिए, ‘अब सिद्धार्थ नगरपालिकामा सांसद बनाउनुपर्ने ब्यक्ति उतैबाट तोकिन्छ, हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ । अनि त्यो केटालाई सांसद उठाइन्छ । पारिकै मान्छेहरू आएर मतदान गर्छन् । अनि त्यो सांसद हुन्छ, त्यो मन्त्री पनि बन्छ । के यहाँ कोही नेपाली योग्य छैनन ? हामी यो किमार्थ हुन दिँदैनौं ।’ उनको यो भाषण सन्चार माध्यमले महत्वका साथ प्रकासित र प्रशारित गरेका थिए । यसले देश, बिदेशमा उनको ठूलो चर्चा र प्रसंशा भएको थियो ।

यसरी नागरिकता सवालमा यति राष्ट्रबादी कुरा गर्ने ओली अहिले भने त्यसबेलाको नागरिकता र राष्ट्रियता लेनदेन गर्न तयार भएको रुपमा आम जनताले बुझेका छन् । संसदमा विचाराधीन नागरिकता विधेयकलाई उनले अलपत्र पारेका छन् र त्यो बिधेयकभन्दा कैयौं गुणा घातक बिधेयक अध्यादेशबाट जारी गरेका छन् । उनको यस्तो द्धैध चरित्र देखिएपछि उतिबेलाको भिडियो अहिले भाइरल बनेको छ । प्राबिधिकहरुको अनुसार ओलीको उक्त नक्कली राष्ट्रबादको भिडियो २ करोडभन्दा बढी नागरिकले आफ्नो फेसबुक, म्यासेन्जर, भाइबर, वाट्सएप, इन्टाग्रामजस्ता सामाजिक सन्जालमा शेयर भएको छ ।

https://www.facebook.com/sanjeeb.bashyal/posts/4140065242724235

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij