२०८३ साउन ९ शनिबार

नेपालमा ७ हजार ९१४ कोरोना संक्रमित थपिए, एकै दिन १९३ जनाको मृत्यु

ई आर्थिक    आइतबार, जेष्ठ ९ २०७८
4.4K
Shares
नेपालमा ७ हजार ९१४ कोरोना संक्रमित थपिए, एकै दिन १९३ जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं । नेपाल ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामाको कोरोना संक्रमितको तथ्यांक सार्वजानिक गर्दै स्वास्थ्य मन्त्रालय १९३ जना कोरोना संक्रमितको मृत्यु भएको समेत जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ९ सय ६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण भएको छ । विगत केही दिनदेखि मुलुकभर कोरोना संक्रमित र मृत्यु हुनेको संख्या माथि उल्लेखित तथ्यांककै आसपासमा भइरहेको छ ।

उपत्यकामा भने २४ घण्टामा २ हजार ८२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको कोभिड प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा गरी २ हजार ८२१ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij