ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकमा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्बिने भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा पथ कडाइ गरी १५ दिनको लागि लम्ब्याउने निर्णय भएको हो ।
यो निर्णयसँगै काठमाडौं उपत्यकाको निषेधाज्ञा आगामी जेठ १२ गतेसम्म लम्बिने भएको छ ।
आज थपिएको निषेधाज्ञाको मिति यो दोस्रो पटक हो । यसअघि दोस्रोपटक थपिएको निषेधाज्ञा बैशाख २९ गते सकिँदैछ ।