२०८३ साउन ९ शनिबार

स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन् ‘प्रधानमन्त्रीका कारण समयमै खोप ल्याउन सकिएन, ठूलो मानबीय क्षति हुने भो’

ई आर्थिक    शुक्रबार, बैशाख २४ २०७८
24.4K
Shares
स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन् ‘प्रधानमन्त्रीका कारण समयमै खोप ल्याउन सकिएन, ठूलो मानबीय क्षति हुने भो’

ई–आर्थिक, काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण नेपालमा २० लाख डोज खोप ल्याउन नसकिएको बता्रएका छन् । आफूनिकट राजनीतिक नेता, कार्यकर्ता र केही बौद्धिक बर्गसँग मन्त्री त्रिपाठीले यस्तो बताएका हुन ।

कमिसनको कुरा नमिल्दा खोप आउन नसकेको तथ्य बाहिरिएपछि मन्त्री त्रिपाठीको ब्यापक आलोचना भइरहेको छ । ३५ करोड कमिसनका कारण सम्झौता अनुसारको खोप ल्याउन नसकेको बारेमा चासो र चिन्ता प्रकट गर्नेसँग मन्त्री त्रिपाठीको यस्तो गुनासो हुने गरेको छ । कमिसन एजेन्टले कमिसनको माग गर्दै खोप ल्याउन अबरोध गरेपछि बेलैमा प्रधानमन्त्री ओलीलाई आफूले त्यसको जानकारी दिएको तर उहाँ अचम्म लाग्दो गरी पन्छिएको मन्त्री त्रिपाठीको भनाई रहेको नाम उल्लेख नगर्ने शर्तमा मन्त्रीनिकट एक कार्यकर्ताले जानकारी दिए ।

बेलैमा खोप नआउदा मुलुकमा अब ठूलो मानबीय क्षति निम्तन थालेको पनि मन्त्रीले स्वीकार गरेको उनी बताउँछन् । बिभागीय मन्त्रीका रुपमा आफू यस परिस्थितिको जिम्मेवार भएको हुदा आम नागरिकसमक्ष माफी मागेको पनि ती कार्यकर्ताको भनाई छ । भरतमा उत्पादन भएको खोप २० लाख डोज किन्ने सम्झौत भएर पनि नेपालले ल्याउन नसकेको भन्दै बिभागीय मन्त्रीका हिसाबले त्रिपाठीको अहिले देशभर ब्यापक आलोचना हुने गरेको छ । अझ ३५ करोड कमिशनमा कुरा नमिल्दा खोप नआएको तथ्य सार्बजनिक भएपछि मुलुकभर जनआक्रोस पैदा भएको छ । यसबाट बच्न मन्त्री त्रिपाठीले सत्य, तथ्य बताउन थालेको बताइएको छ ।

मन्त्री त्रिपाठीको भनाईमा यसमा उनको कुनै दोष छैन । ‘मैले आफ्नो जिम्मेवारी, दायित्व र बलबर्गत भ्याएसम्म काम गरेको हो । आफूभन्दा पावरफूल कमिशन एजेन्ट भएपछि मेरो पनि केही लागेन ।’ मन्त्री त्रिपाठीको भनाई छ‘त्यसैले मैले यस बारेमा प्रधानमन्त्रीलाई बेलैमा जानकारी गराएको थिएँ । तर उहाँले मेरो भनाईप्रति गम्भीर हुनु भएन ।’ भारतको पुणेस्थिति सेरुम इन्स्टिच्यूटले उत्पादन गरेको खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएलगत्तै नेपालले थप २० लाख डोज खोप खरिद गर्न प्रक्रिया अघि बढाएको थियो ।

  • खोप किन्ने अन्तिम चरणमा पुगिसकेकाले कमिसन समावेश गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उनीहरुको प्रस्ताब अस्वीकार गरिदिएका थिए । यसपछि सरकारनिकट केही ब्यक्ति र कमिशन एजेन्टहरुको मिलेमतोमा खेल सुरु भयो

प्रति खोप ४ डलरमा किन्ने गरी सम्झौता भएको यो खोप आएपछि थप ५० लाख खोप सेरुमसँगै किन्ने तयारी गरिएको थियो । प्रधानमन्त्रीनिकट मानिसहरुको चलखेलमा यो काम अघि बढाउन खोजिएको थियो । बास्तबमा यसमा अहिलेका स्वास्थ्य मन्त्री त्रिपाठी र कर्मचारी प्रशासनको दोष नरहेको मन्त्रालय स्रोत बताउँछ । सरकारनिकट मानिसहरुले पनि सिधै कमिसन लिन मिल्ने अबस्था नहुदा उनीहरुले नै एजेन्टको ब्यबस्था गरेको स्रोत बताउँछ । स्रोतको यस भनाई सत्यनिकट रहेको केही आधार छन् । किनभने २० लाख डोज किन्ने सम्झौता भएर आपूर्तीको अन्तिम चरणमा पुगिसक्दा पनि त्यहाँ एजेन्टको कुनै चलखेल थिएन ।

सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्टमध्येका एक सुरज वैद्य त्यो समयमा बेलायत थिए । उनलाई सरकारका केही मानिसले उही खबर गरेर तत्काल नेपाल आउन भनिएको स्रोतको दाबी छ । त्यसैले बैद्यले त्यो कुरा बेलायतमै थाहा पाएका थिए । नेपाल आउन माथिल्लो तहकै ताकेता भएपछि बैद्य नेपाल आए । नेपाल आएपछि सेरुमको नेपाली कमिसन एजेण्ट भएको भन्दै सुरज वैद्य र विजय दुगडले १० प्रतिशत कमिशन दाबी गरे ।

खोप किन्ने अन्तिम चरणमा पुगिसकेकाले कमिसन समावेश गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उनीहरुको प्रस्ताब अस्वीकार गरिदिएका थिए । यसपछि सरकारनिकट केही ब्यक्ति र कमिशन एजेन्टहरुको मिलेमतोमा खेल सुरु भयो । उनीहले कम्पनीसम्मै पुहँच बिस्तार गरे र कमिशन दिने नेपालको स्वास्थ्य मन्त्रालयले सुनिश्चित नगरेसम्म खोप नदिन लबिङ गरे । यही कारण फागुनको दोस्रो साता, जतिबेला भारतमा दोस्रो चरणको महामारी सुरु भएकै थिएन, सेरुमले स्वास्थ्य मन्त्रालयलाई सम्झौता भैसकेको १० लाख डोज खोपका लागि स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठायो । यो सबै चालबाजी नजिकबाट बुझेका मन्त्री त्रिपाठीले लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे सबिस्तार गरे ।

  • प्रधानमन्त्रीको सहयोगको अपेक्षा गरेका स्वास्थ्यमन्त्री त्रिपाठी त्यतिबेला झस्के, जतिबेला प्रधानमन्त्री ओलीले नै कमिशन एजेन्टमार्फत नै प्रक्रिया अघि बढाउँदा भइहाल्छ नि भने 

प्रधानमन्त्रीको सहयोगको अपेक्षा गरेका स्वास्थ्यमन्त्री त्रिपाठी त्यतिबेला झस्के, जतिबेला प्रधानमन्त्री ओलीले नै कमिशन एजेन्टमार्फत नै प्रक्रिया अघि बढाउँदा भइहाल्छ नि भने । सेरुमसँग खोप किन्ने तयारी अघि बढाउँदाबाटै जानकारी पाएका एजेन्टहरुले सम्झौता हुदासम्म कुनै माग नगरेको र कमिशनको ब्यबस्था नगरेको हुदा त्यसो गर्न कानुनी झन्झट हुने मन्त्रीले जानकारी गराए । तर प्रधानमन्त्रीले फेरि पनि सेरुमले भनेअनुसार नै गर्नु भनेर पन्छिए । त्यसपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कुरो बुझे र बाहिरिए । तर पनि मन्त्री त्रिपाठी र मन्त्रालयले सम्झौताअनुसारको खोप पठाउन कम्पनीमा सकेसम्मको दबाब सिर्जना गरिरहे । मन्त्रालयलाई प्रधानमन्त्रीको सहयोग नभएको स्थानीय एजेन्टमार्फत राम्रोसँग बुझेको कम्पनीले टेरपुच्छर नै लगाएन । यसरी जम्मा ७० लाख डोज खोप आउने बाटो नै बन्द भयो । अहिले दैनिक सरदर ९ हजार कोरोनाका नयाँ संक्रमित देखिरहेका छन् । यो दैनिक बढ्दो क्रममा छ ।

खोप लगाएका व्यक्तिमा कोभिड–१९ संक्रमण भएपनि अस्पताल भर्ना हुने दर अत्यन्त न्यून रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । महामारीबाट जीवन रक्षा गर्ने जीवनाधार प्रमाणित भएको खोपमा समेत कमिसनले यो अबस्था निम्तन्छ भने अब ओली सरकारबाट केहीको आशा नरहेको आम नागरिकको गुनासो छ । यो खोपमा कमिसनखोरीको आँखा नपरेको भए यस्तो ठूलो मानबीय क्षति ब्यहोर्नु नपर्ने उनीहरुको भनाई छ । किनभने चीनले समेत ८ लाख डोज खोप पठाउने वचन दिएको थियो । तीन करोड जनसंख्यामध्ये ३ लाख जनसंख्यामा १८ वर्ष मुनिका र गर्भवती महिला लगायतलाई खोप लगाउनुनपर्ने र झण्डै ४० लाख नेपाली देशबाहिर रहेको परिप्रेक्ष्यमा खोप पुग्न सक्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij