२०८३ साउन ९ शनिबार

कोरोना संक्रमित पूर्वरानी कोमल शाह आइसियूमा

ई आर्थिक    बिहिबार, बैशाख १६ २०७८
6.3K
Shares
कोरोना संक्रमित पूर्वरानी कोमल शाह आइसियूमा

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस संक्रमित भएपछि उपचाररत पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार गर्न थालिएको छ । अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चारदिन अघि कोभिड–१९ संक्रमण देखिएपछि नर्भिक अस्पतालमा पूर्वराज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो ।

उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको अस्पतालको भनाई छ । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको
छ । बाँकी स्वास्थ्य समस्या नभएको अस्पतालले जानकारी दिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij