नयाँ बर्षका गरिने सबै सार्वजानिक कार्यक्रम प्रभावित हुने
ई–आर्थिक, काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले भीडभाड र आवत जावतलाई कडाई गरेको छ । यसैक्रममा सरकारले उपत्यका प्रवेश गर्नेलाई कडाई देखि समेत अबदेखि अनिवार्य एन्टीजेन परीक्षण गर्नेदेखि भीडभाडका कार्यक्रममा समेत बन्देज लगाएको छ ।
आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले सार्वजानिक स्थानमा गरिने कार्यक्रममा समेत रोक लगाएको छ ।
बैठकले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्ने भएको छ ।
यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
बैठकले दिएको निर्देशनअनुसार सबै नगरपालिकाहरुमा सञ्चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक–एक वटा आइशोलेसन/क्वारेन्टाइनको व्यवस्थापन गर्न पर्नेछ ।
त्यसैगरी सार्वजानिक स्थानमा गरिने कार्यक्रमहरु प्रतिवन्ध लगाउनुका साथै सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको समेत पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने भएको छ ।
विशेषगरी नयाँ बर्षमा लक्षित कार्यक्रममा ठूलो भीडभाड हुने कार्यक्रम हुनसक्ने र त्यसले कोरोनाका संक्रमण बढाउन सक्ने कुरालाई मध्यनजर गर्दै कडाई गरेको छ ।
