२०८३ साउन ९ शनिबार

बारा र पर्सामा एकै दिन १० संक्रमित फेला, सीमा नाकामा बेपरवाह आउजाउ

ई आर्थिक    मंगलबार, चैत्र १० २०७७
3.5K
Shares
बारा र पर्सामा एकै दिन १० संक्रमित फेला, सीमा नाकामा बेपरवाह आउजाउ

काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएका प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता कोरोना संक्रमण दर शून्यमा झरेको प्रदेश २ मा सोमबार एकैसाथ १० जनामा संक्रमण पुष्टि भएको हो ।

जनकपुरस्थित प्रदेश २ स्वास्थ्य निर्देशनालयले जारी गरेको बुलेटिनमा नारायणी अस्पताल वीरगञ्जमा २४ घण्टाभित्र ५० जनामा स्वाब परीक्षण गर्दा १० जना संक्रमित भेटिएको उल्लेख छ । पर्साका एक संक्रमित दुई साताअघि भारतको मुम्बईबाट फर्किएका थिए ।

दुई जिल्लामा एकै दिन १० जना संक्रमित थपिँदा त्रास बढेको छ । संक्रमण दर उच्च भएका भारतीय क्षेत्रमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । चिकित्सकले नाकामा स्वास्थ्य सर्तकता अपनाउन सुझाइरहे पनि नेपाल छिर्नेलाई सीमाका सुरक्षाकर्मीले सामान्य सोधपुछबाहेक स्वास्थ्य सचेतनाका काम गर्न सकेका छैनन् ।

नेपाल प्रवेशका मूल नाकाहरुमा सतर्कताबिना मानिसको बेपरवाह आउजाउ चलिरहेको छ । यसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरुको विश्लेषण गरेका छन् ।

-आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij