२०८३ साउन ९ शनिबार

सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न, वार्ता सकारात्मक दिशाउन्मूख भएको निष्कर्ष

ई आर्थिक    बुधबार, फाल्गुन १९ २०७७
4.1K
Shares
सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न, वार्ता सकारात्मक दिशाउन्मूख भएको निष्कर्ष

पुनः वार्तामा बस्ने

ई–आर्थिक, काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहबीच आज बुधवार विहान पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । दुबै पक्षको वार्ता टोलीबीच सो पहिलो चरणको वार्ता सकिएको हो ।

वार्तामा सरकारका वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘वादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ को उपस्थिति रहेको थियो । थापा र विश्वकर्मा द्वन्द्वकालमा सहयोद्धा थिए ।

दुई टोलीबीच वार्ता गर्ने सम्बन्धमा हिजो मंगलबार मात्रै टुंगो लागेको थियो ।

दुई पक्षबीचको छलफलमा आगामी वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताइएको छ । वार्तामा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता/कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने समाचार स्रोतले जानकारी दिएको छ ।

चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।
सरकारले प्रतिवन्ध लगाएपछि चन्द समूहका २ हजार ७२ पक्राउ, १ सय ३३ जना पुर्पक्षका क्रममा कारागारमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij