ई–आर्थिक, काठमाडौं । ताप्लेजुङ्गको दोभान बजारमा भिषण आगलागी भएको छ । उक्त आगलागीबाट कम्तीमा पनि ४० घर जलेर नष्ट भएका छन् ।
ताप्लेजङको सदरमुकाम फुङ्गलिङ्ग बजार नजिकै रहेको दोभान बजारमा आज मंगलबार बिहान ८ बजेतिर आगलागी भएको थियो । विद्युत सर्ट भई लागेको आगो लागेको बुझिएको छ । तर यकिन कारण पत्ता लागीनसकेको प्रहरीको भनाई छ । त्यस ठाउँका अघिकांश घर काठका भएकाले आगलागीले भीषण रुप लिएको छ ।
उक्त आगलागीबाट दोभान बजारको एकापट्टीका घरहरु पूरै नष्ट भएको छन् । लामो समयको प्रयास पछि आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न स्थानीय बासिन्दा र फुङ्गलिङ्ग नगरपालिकाको दमकलको प्रयोग गरिएको थियो ।
आगलागीबाट के कति क्षति पुग्यो त्यसको यकिन विवरण आइनसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।