ई–आर्थिक, काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक सय आठ किलो सुनको जलहरी राखिएको छ । आज बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो ।
हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध तिर्थस्थल पशुपतिनाथमा यति ठूलो सनुको जलहरी राखिएको यो पहिलोपटक हो । धार्मिक पर्व शिवरात्री नजिकिएसँगै सो जलहरी राखिएको छ ।
यसका लागि ८० करोड खर्च भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही जलहरीलाई सुनको आवरणले ढाकेको कोषको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओली गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा उक्त सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।