ई–आर्थिक, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइएको छ । विशेष अदालतले थुनामा राखेर सुनुवाइ गर्ने भन्दै ढकाललाई सदरखोर डिल्लीबजार पठाएको हो ।
प्रतिवादी शोभाकान्त ढकाललाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने देखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कानुन बमोजिम थुनामा राख्नु भनी थुनुवा पुजी दिई सम्बन्धित कारागारमा लेखि पठाउने भन्ने आदेशमा उल्लेख छ । विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अभियुक्त ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडिसकेको छ ।