ई–आर्थिक, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् ।
व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेको विशेष अदालत काठमाडौंले जानकारी दिएको छ ।
२९९ रोपनी सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक गुरुङलाई विशेष अदालतले जम्मा २ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड भन्दा बढी बिगो माग दाबी गरेका गुरुङसँग अदालतले बुधबार जम्मा दुई करोड धरौटी मागेको थियो ।
राष्ट्र सेवक कर्मचारीलाई समेत अनुचित प्रभावमा पारी ललिता निवास क्याम्पाभित्रको सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रुपमा कृत्रिम मोही कायम गरी व्यक्तिको नाममा पार्ने, बेचबिखन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ३९ करोड २८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
त्यसैगरी गुरुङले सञ्चालन गर्दै आएको भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिसँग अख्तियारले ११ करोड २० लाख बिगो मागेको छ । प्रालिमार्फत गुरुङले ललितानिवासको सरकारी, सार्वजनिक जग्गा गैह्रकानूनी रुपमा आफु समेतको नाममा सट्टाभर्ना गरीगराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पु¥याउने काम गरेको अख्तियारको निष्कर्ष निकालेर कारवाही प्रक्रिया अगाडि बढाएको थियोे ।