ई–आर्थिक, काठमाडौं । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारको पहलमा ल्याइएको उक्त खोपसहितको एयर इण्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त खोप जोखिममा र अग्रपंक्तिमा रहेर कार्य गर्ने व्यक्तिका लागि प्राथमिकतामा राख्ने भएको छ ।
पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ।
यो खोप लगाउने व्यक्तिहरुको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संकलन गरिसकेको जनाएको छ ।
पहिलो चरणमा आएको खोप न्यायपूर्णरूपमा वितरण हुने भन्दै खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेकाले समस्या नहुने मन्त्रालयलको भनाई छ । साहेी प्राथमिकता अनुसार नै खोप वितरण हुने मन्त्रालयले जानकारी दिएको छ ।