ई–आर्थिक, काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । आगलागी दिउँसो १ बजेदेखि सुरु भएको भएको थियो । अपार्टमेन्टमा लागेको आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
आफूहरुले फिल्डमै गएर उद्दार गरिरहेको प्रहरीले जानकारी दिएको छ । अहिले उद्धार कार्य र आगो नियन्त्रणको प्रयास भइरहेको कालिमाटी प्रहरीको भनाई छ । प्रहरीले उक्त टोलीले पाँचौँ तल्लाबाट उद्धार सुरु गरेका बताएको छ ।
सबैको प्रयासबाट आगो निभाउने प्रयास भइरहेका छ । आगलागी के कति कारणले भयो र उक्त आगलागीबाट के कति क्षति भयो यकिन विवरण आइसकेको छैन ।
अपार्टमेन्टमा आगलागी भएको सवंभत यो पहिलो घटना होे ।