२०८३ साउन ९ शनिबार

विदेश जान नक्कली पीसीआर रिपोर्टको प्रयोग, नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न खोज्ने ७ जना पक्राउ

ई आर्थिक    आइतबार, पौस १९ २०७७
5.2K
Shares
विदेश जान नक्कली पीसीआर रिपोर्टको प्रयोग, नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न खोज्ने ७ जना पक्राउ

ई–आर्थिक, काठमाडौं । विदेश जान कामदारले नक्कली पीसीआर रिपोर्टको प्रयोग गरिएको पाइएको छ । यसैक्रममा नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसरी पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् ।

सिंहको टोली शनिबार साँझ दुबई जना लागिरहेको अवस्थामा जाँच गर्दा रिपोर्ट नक्कली पाइएको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij