ई–आर्थिक, विराटनगर । प्रदेश १ को संसदीय दलको नेताबाट मूख्यमन्त्री शेरधन राईलाई हटाएको पत्र दर्ता गराइएको छ । नेकपा प्रचण्ड–माधव समूहले मूख्यमन्त्री राईलाई हटाएको उक्त पत्र दर्ता गराएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा अगाडि सारेको हो ।
कानूनी रुपमा विभाजन नभइसकेको नेकपाको संसदीय दलका ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको पत्र प्रदेशसभामा दर्ता गरिएको हो ।
बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । अविश्वासको प्रस्तावमा ३७ जनाले राईविरुद्ध हस्ताक्षर गरेकाको बैठकमा भने ३६ जना मात्रै उपस्थिति रहेको थिए ।