ई–आर्थिक, काठमाडौं । भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरणगर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् । करिव १३ वर्ष अगाडि रावललाई अपहरण गर्ने मुख्य अभियुक्त सर्लाहीका कुमार बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज पक्राउ गरेको हो ।
बुढाथोकीको समूहले २०६५ साल पुसमा भ्याली कोल्डस्टोरका संञ्चालक बाबुराजा रावललाई अपहरण गरी एक करोड ५० फिरौती लिएर छाडेको थियो । सञ्चालक बुढाथोकीलाई अपहरण गर्ने अन्य प्रल्हाद महत र उमाकान्त खतिवडा प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरु पक्राउ परेपनि मुख्य अभियुक्त बुढाथोकी भने फरार थिए ।
बुढाथोकी मंगलबार राति पक्राउ परेको प्रहरीको भनाई छ । अपहरणमा संलंग्न सबैलाई काठमाडौं जिल्ला अदालतले २३ वर्षको कैद सजाय सुनाइसकेको छ ।