२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री ओली पुस २० गते भारत भ्रमणमा जाने

ई आर्थिक    शुक्रबार, पौस १० २०७७
5.6K
Shares
प्रधानमन्त्री ओली पुस २० गते भारत भ्रमणमा जाने

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री के.पी. ओली भारत भ्रमणमा निस्कने भएका छन् । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका ओलीले यही पुस २० गते भारत भ्रमण गर्नुहुने कार्यक्रम भएको बुझिएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनले भारत भ्रमण गर्न लागेका हुन । संसद विघटन पछि तीब्र आलोचनासहित चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागे विषय भने खुलाइएको छैन ।

भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जाने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । भारत भ्रमण कति दिनको लागि हुने भन्ने विषयमा भने केही टुंगो लागिनसकेको स्रोतको भनाई छ ।

भारत भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान लगाइएको छ । यसैबीच सत्तारुढ दल इतरका दलका केही नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमण मुलुकको हितभन्दा पनि सत्ता टिकाउनमा केन्द्रित हुने आरोप लगाउन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij