२०८३ साउन ९ शनिबार

प्रतिनिधिसभा विघटनको प्रस्तावमा असन्तुष्टि जनाउँदै सातजना मन्त्रीले दिए सामूहिक राजीनामा

ई आर्थिक    आइतबार, पौस ५ २०७७
3.4K
Shares
प्रतिनिधिसभा विघटनको प्रस्तावमा असन्तुष्टि जनाउँदै सातजना मन्त्रीले दिए सामूहिक राजीनामा

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा विघटनको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै सातजना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । सामूहिक रुपमै पत्रकार सम्मेलन गरेर सातै मन्त्रीहरुले सो कुराको घोषणा गरेका हुन ।

यसरी प्रधानमन्त्री ओलीको पछिल्लो घटनाक्रमप्रति असन्तुष्टि जनाएर सामुहिक राजीनामा दिनुहुने मन्त्रीहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत रहेको छन् ।

त्यसैगरी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पनि राजीनामा दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij