२०८३ साउन १० आइतबार

अख्तियार प्रमुख आयुक्तमा प्रेम राई सिफारिस हुँदै, पत्र विघटन विघठित संसद पुग्यो

ई आर्थिक    आइतबार, पौस ५ २०७७
12.4K
Shares
अख्तियार प्रमुख आयुक्तमा प्रेम राई सिफारिस हुँदै, पत्र विघटन विघठित संसद पुग्यो

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेम राई हुने पक्का भएको छ । संवैधानक परिषदले आयोगको प्रमुख पूर्व सचिव राईलाई सिफारिस गरे गरेसँगै उनी प्रमुख हुने पक्का भएको हो ।

उक्त निर्णय योप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको हो । तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिसभा विघटन गरिसकेकी छन् ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बेठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको पाइएको छ ।

राई अब सुनुवाइ विनै नियुक्तिका लागि ४५ दिनपछि अख्तियारको प्रमुख हुने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij