ई–आर्थिक, काठमाडौं । संसद विघटनको प्रस्ताव विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले प्रधानमन्त्री के.पी. शर्मा ओलीको पुत्ला जलाउन शुरु गरेका छन् । यसैक्रममा पोखरामा आफ्नै कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
यता राजधानीमा भने असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्न सकिने तयारी भइरहेकोे बताएका छन् ।
अनुशासनका कारवाहीका साथै पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।
यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताहरूले बताएका छन् ।