२०८३ साउन ९ शनिबार

शेरबहादुर देउवालाई खुसी बनाउन केपी ओलीको निर्देशनमा रामचन्द्र पौडेलमाथि प्रहरी दुर्ब्यबहार

ई आर्थिक    शुक्रबार, मंसिर १९ २०७७
13.5K
Shares
शेरबहादुर देउवालाई खुसी बनाउन केपी ओलीको निर्देशनमा रामचन्द्र पौडेलमाथि प्रहरी दुर्ब्यबहार

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीको शासन अधिनायबादउन्मुख छ भन्ने कुरालाई बल पु¥याउँदै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्ब्यबहार र पक्राउ भएकोको घटनाले नयाँ मोड लिएको छ । प्रधानमन्त्री ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई खुसी बनाउनैका लागि रामचन्द्र पौडेलमाथि त्यस्तो ब्यबहार गरिएको खुलासा भएको हो । अहिले काँग्रेसभित्रको अन्तरबिरोधले सभापति देउवा र बरिष्ठ नेता पौडेलबिच पानी बाराबारको अबस्था छ । सामान्य शिष्टाचारबाहेक उनीहरुबिच नेत्तृत्वको बिबादले तिक्ततापूर्ण सम्बन्ध छ ।

बरिष्ठ नेता पौडेल निकट भबिश्यमा हुन गइरहेको महाधिबेशनबाट सभापति बन्ने आकांक्षा राखिरहेका छन् । तर सभापति देउवा भने कुनै पनि हालतमा सभापति पद आफै लिने तयारीमा छन् । नेत्तृत्व हत्याउनैका लागि काँग्रेसभित्र देउवाले नियुक्तिदेखि लिएर पार्टीको हरेक जिम्मेवारीमा एकलौटी गर्दै आएका छन् । देउवाको यस्तो कार्यको पौडेल समूहले कडाढंगले प्रतिबाद गर्दै आइरहेको छ । यसैकारण देउवा र पौडेलबिच सम्बनध निकै दरारपूर्ण छ । देउवा हरेक उपाय लगाएर पौडेललाई कमजोर बनाउन चाहन्छन, ताकि उनले महाधिबेशनमा प्रतिश्पर्धै गर्न नसकुन ।

देउवा र पौडेलबिचको यस्तो सम्बन्धका बारेमा ओली राम्रोसँग जानकार छन् । त्यसैले ओली प्रतिपक्ष काँग्रेससँग यही अबसरलाई उपयोग गर्दै कमजोर बनाउने रणनीति बनाएको काँग्रेसको बिश्वस्त स्रोतले जानकारी दियो । अहिले ओलीले देउवासँग एकदमै निकट सम्बन्ध कायम गर्न खोजेको स्रोतको भनाई छ । देउवा संस्थापन पक्ष भएकाले उनीसँग सहकार्यको मनस्थिति ओलीमा देखिन्छ । सत्तारुढ दल नेकपा बिभाजन भए ओली देउवाको बैशाखीमा प्रधानमन्त्री हुने योजनामा छन् । उनको यस्तो योजना देउवाको असहयोगमा पुरा हुदैन । देउवा काँगे्रसभित्र निकै शक्तिशाली पनि छन् । एकातिर पार्टी प्रमुख बैधानिक निर्णयकर्ता हुने र अर्कोतिर शक्तिशाली समूह भएकाले ओलीले देउवालाई कुनै पनि हालतमा आफूसँग निकट बनाउने नीति अख्तियार गरेका छन् ।

त्यसो त ओली र देउवाको राजनीतिक चरित्र पनि उस्तै रहेको काँग्रेसनिकट नेताहरुखुलेआम बताउने गरेका छन् । दुबै ब्यक्ति चरम ब्यक्तिबादी, अहंकारी र अधिनायकबादी भएको उनीहरुको भनाई छ । देउवाकै कारण काँगे्रसभित्र आन्तरिक लोकतन्त्र समाप्त भएको र ओलीकै कारण नेकपाभित्र पनि लोकतन्त्र सकिएको राजनीतिक बिश्लेषकहरुको भनाई छ । दुबै ब्यक्ति सरकारमा हुदा नीतिगत भ्रष्टाचार मौलाएको बारेमा पनि राजनीतिक बृत्तमा तुलना भइरहको छ । देउवा पनि काँगे्रसभित्र आफ्नो गुटलाई भन्दा अरुलाई कुनै पनि जिम्मेवारी नदिने नेता हुन् भने ओली पनि गुटबाहेक सबै कुरा झुटा हुन भन्ने नेता हुन ।

यिनीहरुको स्वभाब, चरित्र र स्वार्थ मिलेकाले केही समयबाट सहकार्यका लागि छलफल भइरहेको छ । एक महिनाअघि ओलीले देउवालाई पार्टी नेत्तृत्वमा पुनः दोहोरिन आग्रह गरेका थिए । अहिले आएर सत्ता सहकार्यको औपचारिक प्रस्ताब राखिसकेका छन् । देउवा पनि ओलीको अहिलेको अबस्थाबाट लाभ लिने दाउमा छन् । लामो समय सत्ता बाहिर बस्दा अनेकौ बफाइदा हुने र चुनाबमा झन सत्ताको ठूलो प्रभाब पर्ने हुनाले ओलीसँग सत्ता साझेदारी गर्ने मनस्थितिमा देउवा छन् ।

उनीहरुबिच यस्तो सम्बन्धको बिकास भइरहेकाले ओलीले काँगे्रसभित्र पौडेल पक्षलाई टाढा बनाएर देउवालाई खुसी बनाउने नीति लिएको स्रोत बताउँछ । पौडेल काँग्रेसको मात्र नभई मुलुककै बरिष्ठ नेता भएकाले उन्लाई नियन्त्रणमा लिनुअघि प्रशासनले ओलीसंग अनुमति मागेको स्रोतको दाबी छ । ओलीले यही हो मौका भन्दै नियन्त्रणमा लिन भनेको स्रोत बताउँछ । पौडेल पक्राउपछि काँग्रेस कार्यकर्ताले देशभर प्रदर्शन गरे पनि देउवाले भने औपचारिकता पुरा मात्र गरेका छन् । यसबारेमा काँगे्रसले सरकारसँग स्पष्टिकरण माग्दै आन्दोलनका कार्यक्रम नै घोषणा गर्नु पर्ने हो । तर देउवाले यतातिर चासो नै देखाएका छेनन् । पौडेल पक्राउ घटना सामान्य बिषय हुदै होइन । यस घटनाले त नेपालको लोकतन्त्र नै लज्जित भएको छ ।

सत्ताबाट लोकतन्त्रको धज्जी उडाइएको बेला लोकतन्त्रको ठेकेदार भनेर गर्ब गर्ने पार्टी चुप लाग्नुले साँठगाँठको पुष्टि भएको काँगे्रस कार्यकर्ताहरु बताउँछन् । पौडेल पक्राउपछि नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधब नेपाललगायत फोन गरेर दुःख ब्यक्त गरे पनि ओलीलगायत सत्ताका कुनै पनि नेताले फोन नगर्नु नियोजित नै देखिन्छ । यो घटनाले नेकपाको समेत बद्नाम भएको छ । कम्युनिष्ट भनेका अधिनायकवादी नै हुन्छन् भन्ने सन्देश दिएको छ । नेता पौडेलमाथि गएको बुधबार आफ्नै निर्बाचन क्षेत्रमा प्रहरीद्वारा दुब्र्यबहार तथा पक्राउ गरिएको थियो ।

तनहँुको व्यास नगरपालिका १, १० र ११ वडा जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न नेता पौडेल गृहजिल्ला पुगेका थिए । सत्तारूढ नेकपानिकट युवा संघ भने उक्त कार्यक्रमलाई अवरोध गर्न सदरमुकाम दमौलीमा प्रदर्शनमा उत्रिएको थियो । अनि, त्यसलाई मत्थर पार्न भन्दै स्थानीय प्रशासनले उक्त दिन दिउँसो १२ देखि साँझ ६ बजेसम्म कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको थियो । र, त्यो निषेधाज्ञाको उद्देश्य शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि पुल उद्घाटन कार्यक्रमलाई रोक्ने नेकपाको अभीष्टलाई पूरा गर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij