ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । हाल ३८ हजार ४६१ जनामा भाइरसको संक्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् । बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा दुई हजार ३४९ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६५ हजार ४९२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार पाँच सय जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १५ जना कोभिड संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।