२०८३ साउन ९ शनिबार

काठमाडौं उपत्यकाका १८ सय ७८ सहित देशभर ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

ई आर्थिक    बुधबार, कार्तिक १९ २०७७
5.1K
Shares
काठमाडौं उपत्यकाका १८ सय ७८ सहित देशभर ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं। नेपालमा कोरोना भाइरसका तीन हजार ३०९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । हाल ३६ हजार ९११ जनामा भाइरसको संक्रमण सक्रिय छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ८४४ जना कोरोना संक्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४४ हजार ९७८ संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ जना रहेका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij