२०८३ साउन ९ शनिबार

काठमाडौं उपत्यकाका २४०२ सहित देशभर ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

ई आर्थिक    शुक्रबार, असोज ३० २०७७
6.4K
Shares
काठमाडौं उपत्यकाका २४०२ सहित देशभर ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं। नेपालमा कोरोना भाइरसका ४३ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल संक्रमित एक लाख २६ हजार १३७ जना संक्रमित पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ३७ हजार ३८२ जनामा भाइरसको संक्रमण सक्रिय छ ।

मन्त्रालयको अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाका २४ सय २ जनामा संक्रमण देखिएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० संक्रमित निको भएर घर फर्केका छन् ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा १६ हजार ५३१ पीसीआर परीक्षण भएको छ । यसरी अहिलेसम्म देशभरमा १२ लाख ५४ हजार १६७ परीक्षण भइसकेको छ । हाल देशभरमा कवारेन्टिनमा चार हजार ८०८ जना छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij