ई–आर्थिक, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेपछि पहिलो हस्ताक्षर नै ऋणको फायलमा हस्ताक्षर गरेका छन् । पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले त्यस्तो ऋणको फायलमा हस्ताक्षर गरेका हुन ।
उनले विश्व बैंकसँग २० करोड डलर ऋण लिने सम्झौतामा हस्ताक्षर गरेको पौडेलका प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिए ।
विश्व बैंकसँग लिएको उक्त रकम कोरोना भाइरस कोभिड १९ को रोकथामको लागि प्रयोग गरिने भएको छ ।