२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे, छसय जनाकाे मृत्यु

ई आर्थिक    शुक्रबार, असोज २३ २०७७
6.3K
Shares
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे, छसय जनाकाे मृत्यु

ई-आर्थिक, काठमाडौं । शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो चौबीस घण्टामा देशभर दुई हजार ५९ जना कोरोना संक्रमित थपिएसँगै कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये सक्रिय संक्रमित २७ हजार ५३ जना रहेका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ४०९ जना रहेका छन् । काठमाडौंका एक हजार ११६ जना, ललितपुरका १६३ जना र भक्तपुरका १३० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना संक्रमित निको भएर घर फर्केकाे बताएकाे छ । हालसम्म ७३ हजार २३ जना संक्रमित निको भएर घर फर्केका छन् ।क्वारेन्टिनमा चार हजार ७०३ छन् भने संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म कुल ११ लाख ४५ हजार २३७ परीक्षण भइसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या छसय पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij