ई–आर्थिक, काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनाली गरेका छन् । त्यस्तै केसीको प्रतिनिधिकहरुको नेतृत्व डा. जीवन क्षेत्रीले गरेका छन् ।
डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षेत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
मैनाली नेतृत्वको सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन् ।
डा. केसीको मागको विषयमा छलफल गर्न सरकारी वार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बिहीबार बिहान १०.३० बजेदेखि चलेको वार्ता जारी रहेको बुझिएको छ ।